Showing posts with label Info. Show all posts
Showing posts with label Info. Show all posts

Thursday, April 9, 2015

Heartburn

                       Heartburn is a sensation of discomfort due to indigestion. It is usually witnessed as a retrosternal acute burning sensation. It is also known as pyrosis, cardialgia, acid indigestion. About 42% of the United States population has had heartburn at some point.
Heartburn is usually associated with regurgitation of gastric acid (gastric reflux) which is the major symptom of gastroesophageal reflux disease (GERD).

Causes
Heartburn occurs when stomach acid backs up into the tube that carries food from your mouth to your stomach (esophagus).
Normally when you swallow, a band of muscle around the bottom of your esophagus (lower esophageal sphincter) relaxes to allow food and liquid to flow down into your stomach. Then the muscle tightens again.
If the lower esophageal sphincter relaxes abnormally or weakens, stomach acid can flow back up into your esophagus (acid reflux) and cause heartburn. The acid backup may be worse when you're bent over or lying down.

Differential Diagnosis 
Cardiac (heart attack) symptoms and esophageal symptoms can be very similar, as the heart and esophagus share the same nerve supply.
1. Cardiac
Symptoms of heartburn can be confused with the pain that is a symptom of an acute myocardial infarction and angina.
2. GERD
Gastroesophageal reflux disease is the most common cause of heartburn. In this condition acid reflux has led to inflammation of the esophagus.
3. Functional Heartburn
Functional heartburn is heartburn of unknown cause. It is associated with other functional gastrointestinal disorder like irritable bowel syndrome and is the primary cause of lack of improvement post treatment with proton pump inhibitors (PPIs).

Treatment 
Antacids such as calcium carbonate are often taken to treat the immediate problem, with further treatments depending on the underlying cause. Medicines such as H2 receptor antagonists or proton pump inhibitors are effective for gastritis and GERD, the two most common causes of heartburn. Antibiotics are used if H. pylori is present.

Cerebrovascular Accident (Stroke)

Cerebrovascular Accident (CVA) or Stroke is a form of cardiovascular disease affecting the blood supply to the brain. It is damage to brain tissue either due to cerebral infarction or haemorrhage, characterized by focal neurological deficit. It is the third most common death the developed world after Cancer and Ischaemic Heart Disease (IHD).

Clinical Classification
1. Transient Stroke :-
The focal neurological deficit resolves completely within 24 hour.
2. Complete Stroke :-
The focal neurological deficit is persistent and not worsening.
3. Evolving Stroke :-
The focal neurological deficit continues to worsen after about 6 hours from onset.
4. Reversible Ischaemic Neurological Deficit (RIND) :-
The neurological deficit completely resolves within a period of 3 weeks.

Risk Factors
Characteristics and life-style
Definite
- Cigarette smoking
- Excessive alcohol consumption
- Drug use (cocaine, amphetamines)
- Age
- Sex
- Familial and genetic factors
Possible
- Oral contraceptive use
- Diet
- Personality type
- Geographic location
- Socioeconomic factors
- Physical inactivity
- Obesity
- Abnormal blood lipids
Disease or disease markers
- Hypertension
- Cardiac disease
- TIA
- Elevated hematocrit
- Diabetes mellitus
- Sickle cell disease
- Elevated fibrinogen concentration
- Migraine headaches and migraine equivalents

Clinical Features
1. Stroke due to infarction :-
Clinical features depend on the site and extent of infarction.
- Headache
- Vomiting
- Dysphasia (if dominant hemisphere is involved)
- Altered consciousness and papilloedema
- Facial numbness and weakness
- Diplopia
- Vertigo, ataxia
2. Stroke due to cerebral haemorrhage :-
- Headache, vomiting
- Convulsion
- Loss of consciousness
- Hemiplegia
- Facial nerve and other cranial nerve palsies.
On examination the following point should be noted :
• Glasgow coma scale
• Blood pressure
• Pulse rate & rhythm
• Pupil
• Respiration rate
• Planter response
• Facial palsy

Saturday, March 29, 2014

घाँटी दुख्ने समस्या

           मुखको पछाडिपट्टिको भागलाई फ्यारेङस भनिन्छ । फ्यारेङसमा हुने संक्रमणलाई नै फ्यारेन्जाइटिस भनिन्छ । फ्यारेन्जाइटिस हुने प्रमुख कारण नै संक्रमण हो । कहिलकाही संक्रमणविना पनि फ्यारेन्जाइटिस हुन सक्छ । घाँटी दुख्नुमा ४० देखि ६० प्रतिशत भाइरसको संक्रमणका कारण हुन्छ भने ५ देखि ३० प्रतिशत व्याक्टेरियाको संक्रमण र बाँकी ३० प्रतिशत अन्य कारणले हुन्छ । फ्यारेन्जाइटिसले विशेषगरी जाडो समयमा केटाकेटीमा बढी संक्रमण भएको पाइन्छ ।

            संक्रमण हुँदा र संक्रमणविनाको घाँटी दुखाईको लक्षण एउटै हुन्छ । बच्चामा हाच्छ्युँ आउने, नाकबाट सिँगान बग्ने, खोकी लाग्ने र हल्का ज्वरो आउने, शरीर दुख्ने गरेमा संक्रमणको कारणले हुन्छ । व्याक्टेरियाको संक्रमण हुँदा ज्वरो आउने, शरीर दुख्ने, शरीर काँप्ने, निल्दा धेरै दुख्ने हुन्छ भने फंगसका कारण घाँटीमा लेग्रो बसेको हुन्छ ।

            संक्रमणका कारणले घाँटी दुखेको हो भने आत्तिनु पर्दैन । ४८ घण्टापछि लक्षण कम भएर जान्छ । यस्तोमा उपचार भन्दापनि बच्चालाई आरामको जरुरत आवश्यक पर्छ । यतिगर्दा पनि ज्वरो बढ्ने, निल्न नसक्न, धेरै काँप्ने अवस्था आएमा तुरुन्तै चिकित्सककहाँ लानुपर्छ । उपचारका क्रममा ब्याक्टेरियाका कारणले घाँटी दुखेको हो कि होइन भन्ने छुट्टयाउनका लागि प्याथोलोजिकल परीक्षण गर्नुपर्ने हन्छ । ब्याक्टेरियाबाट हुने फ्यारेन्जाइटिस  वेटा हेमोलाइटिकस स्टेप्टोकोकाई भन्ने ब्याक्टेरियाबाट हुन्छ । यो केटाकेटीका लागि हानिकारक मानिन्छ । ल्याब परीक्षण पछि एन्टीबायोटिक दिएर यसको असर कम गरिन्छ ।

             फ्यारेन्जाइटिसबाट बच्चालाई बचाउन घरमा कसैलाई घाँटी दुख्ने समस्या देखिएको छ भने बच्चालाई सँगै नराख्ने, बच्चाको अगाडि हाच्छ्यँु नगर्ने, नखोक्ने, त्यस्ता व्यक्तिले प्रयोग गरेका सामान बच्चालाई प्रयोग गर्र्न नदिने, धेरै ओसिलो स्थानमा बच्चालाई नराख्ने, स्कुलहरुमा धेरै बच्चा हुनेहुँदा हावा आवतजावत हुने कोठा बनाउने गरेमा यसबाट बच्चालाई बचाउन सकिन्छ । यदि बच्चालाई फ्यारेन्जाइटिस भैहालेमा न्यानो पारी राख्ने, घाँटी दुखाई कम गर्न प्यारासिटामोल दिने, ४८ घण्टासम्म पनि ज्वरो आइरहेमा तुरुन्तै चिकित्सककहाँँ लैजाने गर्नुपर्छ । ताकि बच्चालाई र्युम्याटिक फिभर नहोस् । यदि र्युम्याटिक फिभर भएमा बच्चालाई लामो समयसम्म  पेनिसिलिन इन्जेक्सन लगाउनुपर्ने हुन्छ ।

तौल घटाउने पाँच उपायहरु

१. हरेक बिहान खुला प्राकृतिक स्थानमा गएर आसन एवं प्राणायमको अभ्यास गर्ने।

२. बिहान खाली पेटमा एक गिलास शुद्ध मोहीमा स्वादअनुसार वीरेनुन घोलेर पिउने।

३. विहान एक चम्चा मह तातो पानीमा मिसाएर पिउने।

४. प्रत्येक दिन सुत्ने बेला मनतातो पानीमा एक वा दुई चम्चा त्रिफला चूर्ण पिउने।

५. चिल्लो पदार्थ सेवन नगर्ने बरु बदाम, ओखर आदि खाने।

Monday, March 24, 2014

पाठेघर खस्नु (Uterovaginal Prolapse)

पाठेघर खस्नु (Uterovaginal Prolapse) भनेको के हो ?

महिलामा हुने पाठेघर आफ्नो रहने सामान्य ठाँउ छाडेर योनीमार्गमा झर्नु या योनीबाट बाहिर निस्कने प्रकृयालाई पाठेघर आङ्ग खस्नु भनिन्छ । यसलाई चिनिने अरु नामहरुमा फकुन्डो खस्ने, देउको खस्ने, चेलास्थान खस्ने, हड खस्ने, गर्भाशय खस्ने आदि हुन् । नेपाली समाजमा महिलामा देखिने यो एक प्रमुख प्रजनन समस्या हो ।

पाठेघर कसरी खस्छ ?

जब पाठेघरलाई अड्याएर राख्ने मासपेशीहरु कमजोर हुँदै जान्छन् या उक्त मासपेशीका नशाहरु कमजोर बन्दै जान्छन् तब पाठेघर तल खस्ने प्रकृया सुरु हुन्छ । यस क्रममा पाठेघर, योनी र योसँग सम्बन्धित अङ्गहरु आफ्नो निर्धारित स्थान छोडेर तल आउँछन् ।

पाठेघर खस्ने प्रक्रिया तथा लक्षण चिन्हहरु :

१. पहिलो डिग्री पाठेघरको मुख इस्चीयल स्पाइन भन्दा तल झर्दछ । योनीमा केही वस्तु झरेको जस्तो हुन्छ । योनी अलि खुकुलो महशुस हुने, ढाड दुख्ने पनि हुन्छ । यौनक्रियामा असजिलो पनि उत्पन्न हुन्छ ।
२. दोस्रो डिग्री पाठेघरको मुख योनीको मुख सम्म आउँदैछ तर बाहिर निस्कदैन । सुत्दा यो आफै भित्र जान्छ । पाठेघरले पिसाबको थैलीलाई थिच्ने भएकोले छिन छिनमा पिसाब फेर्न जान मन लाग्छ । खोक्दा, भारी बोक्दा पनि योनीको मुखमा केही बसेको जस्तो हुन्छ । कम्मर तथा ढाड दुख्ने समस्या सुरु हुन्छ । नोटः दोस्रो डिग्रीसम्ममा पाठेघर योनी बाहिर आउँदैन ।
३. तेस्रो डिग्री पाठेघरको मुख योनीको मुख भन्दा बाहिर निस्कन्छ । यो बेलामा मूत्राशयलाई पनि थिच्ने भएकोले छिनछिनमा पिसाब लाग्ने, खोक्दा, हाँस्दा पिसाब चुहिने हुन्छ । पाठेघर तल आएकोले तन्तु तानिएर ढाड एकदमै दुख्न थाल्छ ।
४. चौथो डिग्री यौनीको मुखबाट सम्पूर्ण रुपमा पाठेघर बाहिर निस्कन्छ । यसलाई प्रोसिडेन्सीया पनि भनिन्छ । यो पिन्च टेस्ट गरी पत्ता लगाइन्छ । बाहिर निस्केको पाठेघरमा घाउ हुने, संक्रमण हुने र हिँड्दा तिघ्रामा पाछिने भई अत्यन्तै पीडादायी हुन्छ ।

पाठेघर खस्ने कारणहरु :

जन्मजात पाठेघर आफ्नो हुनुपर्ने ठाउँमा नभएर अन्य ठाउँमा हुनु । सानो उमेरमा बच्चा पाउनु । गह्रौ भारी बोक्ने काम गर्दा । सुत्केरी हुँदा राम्रो स्याहार र खाना नपाउनु । लाज र भयका कारण स्वास्थ्य केन्द्र नजानु । धेरै सन्तान जन्माउनु र जन्मान्तर नहुनु । यौनाङ्गमा बारम्बार संक्रमण हुनु । दोस्रो वा तेस्रो पटक सुत्केरी गराउँदा बच्चा बाहिर निस्कने समयमा राम्रो उपचार गर्न नसक्नु । पेटमा पानी भरिनुमा ।बारम्बार खोकी लागिरहनु (धुँवा, दाउरा तथा चुरोटको प्रयोग) पेटमा ट्युमर भएमा ,धेरै कब्जियत भइरहेमा ।

उपचार प्रक्रिया :

१. रोकथाम विधि
२. साधारण उपचार
३. शल्यक्रिया उपचार

रोकथाम विधि
आमा गर्भवती हुँदा नै पोषिलो खानेकुरा खाने, सरसफाईमा ध्यान दिने । बच्चा जन्माउँदा सही अस्पतालमा, सही समयमा उपयुक्त विधिको प्रयोग गर्ने । बच्चा पाएपछि छिटो हिँड्न थाल्ने र पेल्भीक फ्लोर एक्सरसाइज गर्ने । बच्चा जन्मेको कम्तीमा ७ महिनासम्म गह्रौ तथा गाह्रा कामहरु नगर्ने । चाँडो अर्को बच्चा नजन्मियोस् भन्न परिवार नियोजनको विविध साधनको प्रयोग गर्ने ।
 

साधराण उपचार
१) योगासन नौकासन, हलासन, सर्वाङ्ग आसन
२) किगत्न व्यायाम
पाठेघरका तन्तु बरिपरिका मांसपेशीलाई पनि बलियो पार्ने व्यायामलाई ‘किगल व्यायाम’ भनिन्छ । यो व्यायामले जनेनन्द्रीयका मांसपेशीलाई बलियो पनि मद्दत गर्छ । पहिलो व्यायाममा पिसाब गर्दाखेरी बीचमा नै एकछिन रोकेर सासमाथि तान्न कोशिश गर्नुपर्छ । यसो गर्दा योनि बरिपरिका मांसपेशी खुम्चिइन्छन् । यो बेलामा खुम्चाएर नै १०–१५सम्म गर्नुपर्द छ । अनि पुनः पिसाब फेर्नु पर्दछ । पिसाब फेरिसकेपछि योनीबरिपरिका मांसपेशीलाई संकुचन गर्ने व्यायाम बारम्बार गर्न सकिन्छ । पहिलोपटक पिसाब धेरैबेर अड्याएर राख्न चाह्रो हुन्छ । तर ४–६ चोटी गरेपछि यो सहज हुन्छ । पिसाब गर्दा रोक्नलाई कसरी खुम्चाउनु पर्छ भन्ने कुरा जानेपछि पिसाब नफेरेको बेलामा पनि गर्न सकिन्छ । १०, १५, २० देखि ५० चोटिसम्म यो व्यायाम गर्न सकिन्छ । पाठेघर नखसेका तर हाछ्युँ गर्दा अलिकता पिसाब चुहिने महिलाहरुको पनि यो व्यायाम गरे राम्रो हुन्छ ।
३) रिङ्ग पेसरी राख्ने
पाठेघर केही मात्र तल झरेको छ र महिला अझ बच्चा पाउन चाहिन्छन् । भने ‘रिङ्ग पेसरी’(चुरा आकारको बस्तु) योनिभित्र राख्नुपर्ने हुन्छ । रिङ्ग पेसरी नरम रबर वा प्लाष्टिकले बनेको हुन्छ । यो पाठेघरको आका अनुसार मिलाएर राखिन्छ र विभिन्न आकारमा पाइन्छ । यो महिलाको योनिमा घुसाएपछि पाठेघर आफ्नो ठाउँमा अडिरहन्छ । तर यदी रिङ्ग पेसरी सानो वा ठूलो भयो भने महिलालाई कि त दुख्ने हुन्छ कि त आफै बाहिर निस्कन्छ । त्यसैले रिङ्ग पेसरी कस्तो र कत्रो राख्ने भन्नेबारेमा स्वास्थ्य कार्यकर्ताले विचार गर्नुपर्छ ।पहिलो श्रेणीका पाठेघर खस्ने प्रक्रियामा रिङ्ग पेसरीको प्रयोगको जरुरत पर्दैन । दोस्रो श्रेणीको पाठेघर खसाइमा रिङ्ग पेसरीको प्रयोग गरिन्छ । यसले महिलालाई पाठेघर खसेको बेलामा धेरै राहत दिन्छ । रिङ्ग पेसरी केवल केही समयको लागि मात्र हो र अन्तिम उपचार भनेको त शल्यक्रिया नै हो ।
रिङ्ग पेसरी राखेपछि महिलाले ध्यान दिनुपर्ने कुराहरुः
किगल व्यायाम गर्ने । गुप्ताङ्गको सरसफाईमा ध्यान दिनुपर्छ । प्रत्येक दिन स्नान गर्दा यौनाङ्ग पनि सफा गर्नुपर्छ । एकदिनमा ८–१०गिलास पानी पिउनुपर्छ । पिसाब च्यापेर बस्नु हुँदैन । दिनमा ४–५ चोटी पिसाब फेर्नुपर्छ । रिङ्ग पेसरी हालेको केही दिनपछि गाह्रोजस्तो भयो, दिशापिसाब गर्न गाह्रो भयो वा रिङ्ग पेसरी खस्यो भने तुरुन्त स्वास्थ्य चौकीमा गएर परिक्षण गर्न लगाउनुपर्छ । रिङ्ग पेसरी सानो र ठूलो भएर यो समस्या हुनसक्छ । यस्तो बेलामा नयाँ रिङ्ग पेसरी फेर्नुपर्छ । यदी कुनै समस्या छैन भने रिङ्ग पेसरी हालेको एक महिनापछि जाँच गराउनुपर्छ ।यदी एक महिनामा सकिएन भने हरेक ३ महिनामा रिङ्ग पेसरी फेर्न स्वास्थ्य चौकी जानैपर्छ ।अनि हरेकचोटि नयाँ रिङ्ग पेसरी फेर्नुपर्छ । रिङ्ग पेसरी समय–समयमा नफेर्ने हो भने संक्रमण हुन्छ र महिलाको स्वास्थ्यमा पनि खराब असर हुनजान्छ । पिसाबको संक्रमण बारम्बार हुन्छ । यदी रिङ्ग पेसरी होलेको बेलामा गर्भ रहन गयो भने, ४ महिनापछि रिङ्ग पेसरी हटाउन स्वास्थ्य चौकी जानुपर्छ । यदी कुनै समस्या छैन भने रिङ्ग पेसरी हालेको एक महिनापछि जाँच गराउनुपर्छ । यदी एक महिनामा सकिएन भने हरेक ३ महिनामा रिङ्ग पेसरी फेर्न स्वास्थ्य चौकी जानैपर्छ । अनि हरेकचोटि नयाँ रिङ्ग पेसरी फेर्नुपर्छ । रिङ्ग पेसरी समय–समयमा नफेर्ने हो भने संक्रमण हुन्छ र महिलाको स्वास्थ्यमा पनि खराब असर हुनजान्छ । पिसाबको संक्रमण बारम्बार हुन्छ ।यदी रिङ्ग पेसरी हालेको बेलामा गर्भ रहन गयो भने, ४ महिनापछि रिङ्ग पेसरी हटाउन स्वास्थ्य चौकि जानुपर्छ ।यदि रिङ्ग पेसरी हालेपछि तल लेखिएका मध्ये कुनै समस्या म¥यो भने तुरुन्त स्वास्थ्य चौकीमा सल्लाह लिन जानुपर्छ ।तलबाट गन्हाउने पानि बगेमा ,चिलाउने भएमा,धेरै सेतो पानि गएमा ,वरिपरि घाउजस्तो भएमा, दुख्ने भएमा, तल्लो पेट दुखेमा,हिड्ने गाह्रो हुने भएमा,पिसाब गर्दा गाह्रो भएमा, यौनक्रिया गर्दा दुखेमा,यौनिबाट रगत बगेमा ।
रिङ्ग पेसरी राखेको महिलाले परिवार नियोजन गर्न हुन्छ ?
रिङ्ग पेसरी राखेको महिलाले कपर–टी बाहेक अन्य अस्थाई परिवार नियोजनका साधनहरु अपनाउन सक्छन् । स्थायी परिवार नियोजन गर्न भने गाह्रो हुन्छ ।
शल्यक्रिया उपचार
१) एन्टेरियर कोल्पोर्याफी २) कोल्पोपेरिनियोर्याफी ३) इन्टेरोसिल उपचार ४) पेल्भीक फ्लोर रिपेयर ५) फोदरगिल्स अप्रेशन ६) भल्ट प्रोल्यापस् रिपेयर ७) लि फोर्ट अपरेशन
८) सरभिकोपेक्सी ९) भजाइनल हिस्तेरेक्टोमी
शल्यक्रियामा पाठेघरलाई सम्हालेर राख्ने मांशपेसि र तन्तुलाई नै पुनः बलीयो परि पाठेघर र वरिपरिका अङ्गहरुलाई तल खस्नबाट रोक्ने काम गरिन्छ । कम उमेरका महिला तथा स्वास्थ्य पाठेघर भएकामा गरिने यस शल्यक्रियालाई एँच् भनिन्छ ।अस्वस्थ पाठेघर तथा दोस्रो,तेस्रो तथा चौथो डिग्रीमा खसेको पाठेघर नै निकालेर फालिन्छ ।
शल्यक्रियापछि ध्यान दिनुपर्ने कुराहरु
पर्याप्त आराम गर्ने, १ महिनासम्म गह्रौ भारी नउचाल्ने, ३ महिना पछि मात्र साविकको काममा फर्कने ।प्रशस्त पौष्टिक तत्वले युक्त खानाहरु खाने ।यौन सम्वन्ध केहि समयपछि राख्न सकिन्छ तर ६ हप्ता सम्म कुर्न राम्रो मानिन्छ ।शल्यक्रिया अगाडी सम्पूर्ण जाँच गरी यदि उच्च रक्तचाप दम, मधुमेह भए उपचार गरिन्छ । विभिन्न समयमा हुने स्वास्थ्य शिविर बाट निःशुल्क समेत उपचार गर्न सकिन्छ ।


स्वस्थताका लागि कम चिनी

विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को नयाँ निर्देशिकामा मानिसहरूलाई आफ्नो खानामा समावेश चिनीको परिमाणमा ५० प्रतिशतले कटौती गर्ने सल्लाह दिइएको छ।डब्ल्यूएचओले दैनिक सेवन गरिने कुल क्यालोरीमा चिनीको परिमाण १० प्रतिशतभन्दा कम गर्न अझ त्यसलाई ५ प्रतिशतमा पुर्याउने लक्ष्य राख्न भनेको छ।चिनी मिसाइएका सम्पूर्ण खाद्य परिकार र प्राकृतिक रूपमै चिनी पाइने मह, सिरप तथा फलफूलका जुस सेवन गर्दा पनि यस सल्लाहलाई ध्यानमा राख्न बताइएको छ।

बेलायतका आहारसम्बन्धी अभियन्ताहरूले आफ्नो सल्लाह परिवर्तन गर्न डब्ल्यूएचओले १० वर्ष लामो समय लगाउनु दुःखदायी भएको बताएका छन्। सन् २००२ मा नै दैनिक आहारको कुल क्यालोरीको १० प्रतिशतभन्दा बढी चिनी खान नहुने परामर्शलाई डब्ल्यूएचओले अनुमोदित गरेको थियो।सामान्य शारीरिक वजन भएका वयस्क व्यक्तिलाई दिनहुँ करिब ५० ग्राम चिनी भए पुग्ने बताइएको छ। थुप्रै विशेषज्ञहरूले विश्वमा मानिसहरूमा मोटोपन बढिरहेको वर्तमान स्थितिमा १० प्रतिशत चिनी पनि धेरै भएको बताउँछन्। डब्ल्यूएचओका पोषण निर्देशक डा. फ्रान्सेस्को ब्रान्काले बेलायतका बालबालिकाहरूले सन्तुलित भोजनमा निर्देशित गरिएभन्दा बढी गुलियो पदार्थ खाने गरेको बताएका छन्।

विशेष गरी दुईवटा भोजनको बीचमा गुलियो खाना वा पेय पदार्थ लिनाले दाँत सड्ने समस्या पनि आउने गर्दछ। बेलायतको प्रमुख चिकित्सा अधिकारी डेम स्याल्ली डेभिसले त्यहाँका विधायकहरूलाई चिनी सेवनलाई निरुत्साहित पार्न चिनीमाथिको कर बढाउनुपर्ने सल्लाह दिएका छन्।



Sunday, January 26, 2014

मुटु बचाउने ७ तरिका

heart
१. कम्तिमा सात घन्टा सुतौँ

हरेक रात कम्तिमा सात घन्टा सुतौँ । कडा परिश्रम छ भने आठ घन्टा सुत्न सकिन्छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।

२. आफ्नो रक्तचाप जानी राखौँ

रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ ।  १२०÷८० देखि १३०÷८५ को रक्तचापलाई उच्च मानिदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु राम्रो हो ।


३. सेकेन्डह्यान्ड धुँवाबाट बचौँ


अरूले खाएको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु¥याउँछ । धूम्रपान यसै पनि मुटुरोगको एउटा कारण हो ।


४. दैनिक ३० मिनेट हिँडौँ


व्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै, व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन पनि मद्दत पु¥याउँछ । बुढोपना शरीरमा नदेखिनु त यसको प्रत्यक्ष फाइदा भइहाल्यो । त्यसैले दिनको कम्तिमा ३० मिनेट हिँडेर भए पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ ।


५. हप्ताका एक दिन माछा खाऔं


माछामा पाइने ‘ओमेघा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।

६. सन्तुष्ट हुन सिकौँ


आर्थिक कारणले मानसिक तनाव कहिल्यै लिन हुँदैन । तनाबले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ ।

७. दाँत माझौँ


गिजामा लाग्ने रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन सक्छ । तसर्थ, दन्त स्वास्थ्यको ख्याल गरेर पनि मुटु बचाउन सकिन्छ

पायल्समा के खाने, के नखाने ?

piles
दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछलगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन ।

पायल्स हुनुको कारण
पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो । पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, चिया बढी पिउने, माछामासु तथा सुख्खा चीज जस्तै चाउचाउ, बिस्कुट, चाउमिन बढी खाने, अनियमित खानपान, अनिद्रा,  धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तिको अत्यधिक प्रयोग, कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।

दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु, पायल्स रोगको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।

पाइल्सका लागि खानुपर्ने
पानी प्रशस्त पिउने, हरियो सागपात काँचै खाने, फलफुल खाने, चोकरसहितको गहुँको पिठो, रोटी, जौ, ब्राउन राइस, रहर तथा मुगको दाल खाने ।
खानासंग मुला, काँक्रो, गाँजर खाने, नरिबल, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनिया, लौका खानु राम्रो हुन्छ ।  कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने, आफ्नो पिसाबले गद्द्वार धुने, एक गिलास गाइको दुधमा आधा कागती निचोरेर तुरुन्त खाँदा कसै कसैलाई रगत तथा पिप आउने जस्ता समस्या ठीक भएका छन् । नरिवलको बाहिरको जटा डढाएर एक चिम्टी खरानी र दुबोको २ चम्चा रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसंग खाँदा सन्चो भएको पाइएको छ ।

कसैलाई मुलाको बिउ कुटेर तोरीको तेलमा फिटेर दिसा गरिसकेपछि लगाउँदा निको हुन्छ । कसैलाई फिटकिरी एक टुक्रा राखेर दश लिटर जति पानीमा दिनको दश मिनेट बस्दा धेरै आराम मिल्छ । नियमित रुपमा योग गर्दा पनि सन्चो हुन्छ । यो समस्याको नआत्तिइकन उपचार गर्नुपर्छ । औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ । शल्यक्रिया पनि अन्तिम उपचार भने होइन । कहिलकोही शल्यक्रियापछि पनि समस्या बल्झिएको र निको नभएको पाइन्छ ।

पायल्सका बिरामीले के नगर्ने के नखाने ?
पिरो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, भन्टा, आलु, बोतलबन्द कुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सी जस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिए पायल्स हुनबाट बचिन्छ ।  भइसकेपछि पनि छिटो निको हुन्छ ।

विशेष गर्नुपर्ने कुराहरु
पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम रामंो विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।
हप्तामा दुई तीनदिन शुरुमा रोग बढेको अवस्थामा एकदिन बिराएर फलफूलको रस वा पानीमात्र खाएर बस्नुपर्छ । डाक्टरको सल्लाहअनुसार केही राम्रो भएपछि  बिस्तारै काँचै खानेकुरा खाएर बस्ने, पेटलाई हलुंगो बनाएर औषधि गर्दै जाने । यस्तै, पिपलको बोक्रा मसिनो बनाएर सुकाएर पिस्ने, शुद्ध तोरीको तेलमा मिसाएर  नियमित बिहानबेलुकी मासु बढेको ठाउमा एकदेखि तीन महिनासम लगाएमा बिस्तारै सुक्दै जान्छ ।
(स्रोत : डा. विष्णु चापागाईंको ‘भान्छाको डाक्टर’ बाट)

बढ्दै छ स्ट्रोकको जोखिम




basant 


डा.वसन्त पन्त,
बरिष्ठ न्यूरो सर्जन,

अन्नपूर्ण न्यूरो अस्पताल


स्ट्रोक (बे्रन एट्याक) मष्तिस्कमा रक्त प्रवाहमा अवरोध भएपछि उत्पन्न हुने समस्या हो । मष्तिस्कका कोसिकाहरूले पु¥याउने अक्सिजनका माध्यमले नै मष्तिस्कले काम गर्छ । रक्त प्रवाहमा अवरोध हुँदा त्यो प्रक्रिया पनि रोकिन्छ, दिमागका कोसिकाहरू मर्छन् र स्ट्रोक हुन्छ । स्ट्रोक हुँदा ५० प्रतिशत मानिसको मृत्यु तुरुन्तै हुन्छ भने ५० प्रतिशत अस्पताल आइपुग्छन् । अस्पताल आइपुगेका मध्ये ५० प्रतिशतलाई बचाउँन सकिन्छ । यो संख्या कूल बे्रन एट्याक हुने संख्याको २५ प्रतिशत हो । बाँच्न सफल हुनेमध्ये पनि ५० प्रतिशतको कुनै भाग वा पाटो प्यारालाइसिस (पक्षघात) हुन्छ । स्ट्रोक हाल आएर क्यान्सर र मुटुरोग पछिको मृत्युको तेस्रो ठूलो कारण बनेको छ ।



यो रोकथाम गर्न सकिने रोग हो । जीवनशैली स्वस्थकर बनाएमा पहिलो कारणबाट हुने र बल्डप्रेसरको औषधिमा लापरवाही नगरे सामान्यतः दोस्रो कारणबाट हुने स्ट्रोकबाट बच्न सकिन्छ । बल्डप्रेसरको औषधिमा हुने अनियमितताबाट हुने स्ट्रोकलाई विकसित मुलुकमा समस्या नै मानिदैन । तर हाम्रो जस्तो अल्पविकसित मुलुकमा यो एउटा ठूलो समस्या बन्दै गएको छ । ब्लडप्रेसर भएका ३० देखि ३५ प्रतिशतलाई स्ट्रोक हुनसक्छ ।



वेलायतमा मात्रै प्रत्येक वर्ष १ लाख ५० हजारलाई स्ट्रोक हुन्छ र तीमध्ये ५३ हजारको मृत्यु हुन्छ । उपचार सेवाको पहुँच र चेतनास्तर बढी भएको देशमा पनि मृत्युदर यति धेरै छ भने हाम्रो जस्तो उपचारको सुविधा निकै कम भएको ठाउँमा मृत्युदर बढी रहन्छ नै । यो जो कोहीलाई पनि हुनसक्छ । स्ट्रोक दोहोरिने संभावना पनि उत्तिकै हुन्छ । बे्रन स्ट्रोक दुई कारणले हुन्छ । मष्तिस्कमा रगतका माध्यामले अक्सिजन पु¥याउँदै आएका रगतका नशा बन्द भएर र रगतका नशा फुटेर  ।


नशा फुटेर हुने स्ट्रोक तुलनात्मक रूपमा बढी खतरापूर्ण हुन्छ । नशा फुटेर हुने स्ट्रोकको प्रमुख कारण ब्लड प्रेसरको औषधिमा गरिने लापरवाही हो । मानिस कुनै पनि समयमा सामान्य प्रेसर देखिने बित्तिकै कुनै मेडिकलमा जान्छ र तुरून्तै औषधि खान थाल्छ । औषधि खाइरहँदा प्रेसर नियन्त्रणमा आउँछ, त्यसपछि नियन्त्रण भइहाल्यो भनेर औषधि छोड्ने चलन धेरैको छ । प्रेसरको औषधि खान थाल्नु भएको छ भने जीवनभरकालागि खाने निर्णय गर्नु हो ।



यस्ता रोगमा औषधि शुरू गरेपछि छोड्न मिल्दैन । त्यसैले पनि प्रेसरको औषधि शुरू गर्नुपूर्व तीन चोटी एउटै डाक्टर, एउटै मेसिन र एउटै समयमा जाँच गर्नुपर्छ र साच्चिकै ब्लड प्रेसर उच्च छ भने सधैंका लागि औषधि सेवन गर्नुपर्ने हुन्छ ।


तीन पटकको जाँचमा पनि निरन्तर प्रेसर नघटेमा मात्रै औषधि थाल्न पर्छ । तर, नेपाल जस्ता अल्पविकसित मुलुकमा उच्च रक्तचापको औषधि आफ्नै पारामा खान थाल्ने र छोड्ने चलन बढी छ । जुन नशा फुटेर हुने स्ट्रोकको ठूलो कारण हो । प्रेसर बढेको अवस्थामा रगतका नशामा चाप बढ्छ । जब औषधि शुरू गरिन्छ, त्यतिबेला नशाहरूमा रगतको चाप कम हुन्छ र औषधि सेवनको वानीले नशामा रगतको चाप सहन गर्ने क्षमता घटाउँछ । भनौं, नशाहरू कमजोर हुन्छन् । रोगीले बीचैमा औषधि छोडेपछि फेरि प्रेसर बढ्न थाल्छ, रगतको चापले नशा फुटाउँछ र स्ट्रोक हुन्छ ।


धूमपान, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, मानसिक तनाव, बढी चिल्लो, नुनिलो र तारेको खानेकुराको प्रयोग, व्यायामको अभावजस्ता कारणले रगतको नशामा वोसो जमेपछि मष्तिस्कसम्म रक्तप्रवाहमा अवरोध हुन्छ । हृदयघात गराउने कारणहरू नै स्ट्रोकका कारण हुन् । हृदयघात र स्ट्रोकमा के  फरख छ भने हृदयाघातको समयमै अस्पताल पु¥याएर उपचार गर्न सकियो भने मानिसले पुरानै अवस्थाको जीवन बाँच्न सक्छ ।



तर स्ट्रोकमा शल्यक्रिया पछि पनि पुरानै अवस्थामा फर्किन सकिन्न र केही न केही खोट भएको जीवन विताउनु पर्ने हुन्छ । स्ट्रोकपछि शरीरको निश्चित पाटो कमजोर रहने संभावना रहिरहन्छ । स्ट्रोकले प्यारालाइसिसको संभावना समेत बढी हुन्छ । प्यारालाइसिस समाज, परिवार र व्यक्ति स्वयम्का लागि पनि ठूलो समस्या हो ।


स्ट्रोकको खास लक्षण नभएर एकैपटक यसले मानिसलाई आक्रमण गर्ने भएपनि केही आधारहरूमा यसको पूर्वानुमान लगाउन सकिन्छ । जस्तो कतिपय मानिसलाई केही समय एउटा आँखा देख्न छोड्छ र केही समयपछि फेरि देख्न थाल्छ । त्यसैगरी केही समयकालागि एउटा पाटो नचल्ने हुन्छ र क्रमश फेरि चल्न थाल्छ । केही समयसम्म यस्तो प्रक्रिया दोहोरिरहन्छ भने त्यो स्ट्रोकको स्पष्ट पूर्व संकेत हो ।

सामान्यतयाः कम्तिमा तीन मिनेटसम्म मस्तिष्कमा रगत सञ्चार भएन भने मानिसको पहिला मष्तिस्कको र क्रमशः अन्य अंगको मृत्यु हुन्छ । स्ट्रोक भएको अवस्थामा निश्चित नशा मात्रै थुनिने भएकोले त्यो नशाले रगत पु¥याएको क्षेत्र मात्रै प्यारालाइसिस हुन्छ । त्यसैले साढे तीन घण्टाभित्र अस्पताल पु¥याउन सकेमा ह्यामरेज भएको छैन भने नशालाई खोल्न सकिन्छ । त्यो खोल्ने विधि नै टिस्यु प्लाजमिनेज्म एक्टिभेटर (टिपिए) थेरापी हो । यो थेरापीबाट थुनिएको नशा खोलेर विरामीलाई बचाउन सकिन्छ । तर, ब्रेनमा रगत वगेको अवस्थामा यो थेरापीले काम गर्दैन । यो संसारको सबैभन्दा अत्याधुनिक पद्दती हो, हामी यो वर्षभित्र यस पद्दतिलाई शुरू गर्नेछांै ।





मधुमेह (चिनीरोग)


मधुमेह (चिनीरोग) के हो ?
- बिहान खाली पेटमा रगत जाँच्दा रगतमा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना बढेको मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय भन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ । १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । यो अवस्था पत्ता लगाउन रगत जाँच्नै पर्ने हुन्छ ।
रगतमा ग्लुकोजको मात्रा १८० मिलिग्राम भन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर डाइबिटिज पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । ८/१० घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०/१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको २ घण्टामा जाँच्दा यो मात्रा करीब १४० मिलिग्रामसम्म पुग्न सक्छ ।

यो कति प्रकारको छ ??
- मधुमेहलाई हामी चार किसिममा गर्वीकरण गर्न सक्छौं :
१. टाइप एक मधुमेह
२. टाइप दुई मधुमेह
३. गर्भावस्थामा हुने मधुमेह (जेस्टेसनल डाइबिटिज)
४. सेकेन्ड्री’ मधुमेह

यसका लक्षणहरु के-के हुन् ??
- प्यास बढी लाग्ने
- पिसाब बढी हुने
- भोक बढी लाग्ने
- दुब्लाउने
- आँखाको दृष्टिमा खराबी
- घाउ निको नहुने
- हातखुट्टा झमझम गर्ने
- पिसाब फरेको ठाउँमा कमिला लाग्ने

यसका खतरनाक परिणामहरु के-के हुन् ??
- स्ट्रोक (पक्षघात)
- हर्ट अट्याक (हृदयाघात)
- किड्नी फेलियर (मिर्गौलाघात)
- अन्धोपन (दृष्टिघात)
- हातखुट्टाको कुनै भाग कुहिएर काट्नुपर्ने स्थिति (अङ्गघात)

सम्पर्क ::
सफल पोलिक्लिनिक प्र लि
बा न पा - २, बाग्लुङ
फोन : ०६८-५२२९२३,५२२९२४