आँपलाई फलहरुको राजा पनि भनिन्छ ।
यो स्वादमा मिठो हुनुको साथै यसका धेरै फाइदाहरु पनि छन्, ति हुन् :
१. क्यान्सर हुनबाट रोक्छः
विभिन्न अध्ययनहरुले आँपमा पाइने एन्टी अक्सिडेन्ट कम्पाउण्डहरुले हाम्रो आन्द्रा, स्तन, रगत र प्रोस्टेट क्यान्सरबाट बचाउने देखाएको छ । यस्ता कम्पाउण्डमा क्युरसेटिन, आइसोक्युरसेटिन, एस्ट्राग्लीन, फिसेटिन, ग्यालिक एसिट र मिथाइग्यालट रहेका छन् । यसको साथै यसमा इन्जाइम पनि प्रशस्त मात्रामा पाइन्छ।
२. कोलेस्ट्रोल नियन्त्रणः
आँपमा पाइने उच्च मात्राको फाइबर, प्रोटिन र भिटामिन सीले शरीरमा कोलेस्ट्रोल लेभल र लिपोप्रोटिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ ।
३. छाला सफा बनाउँछ:
आँपले हाम्रो छालामा भएको फोहोरलाई हटाएर पिम्पल कम गर्न मद्दत गर्छ ।
४. आँखालाई स्वस्थ राख्छः
एक कप काटेको आँपले हाम्रो शरीरलाई चाहिने २५ प्रतिशत भिटामिन ए उपलब्ध गराउँछ । यसले मानिसको आँखा तेजिलो र रतअन्धो र सुख्खा आँखाबाट बचाउँछ ।
५. डाइबीटीज नियन्त्रणः
आँपले हाम्रो शरीरमा इन्सुलिनको मात्रा सन्तुलित राख्न मद्दत गर्छ । यसका लागि आँपलाई पानीमा उमालेर भोली बिहान खाने गरिन्छ ।
६. पाचनप्रक्रिया राम्रो बनाउँछ :
आँपमा भएको फाइबरले खानलाई पचाउन मद्दत गर्छ ।
७. प्रतिरोधात्मक शक्ति बढाउँछः
आँपमा पाइने भिटामिन सि र ए तथा २५ प्रकार क्यारोटिनोइडले हाम्रो शरीरको प्रतिरोधात्मक शक्तिलाई बढाउन मद्दत गर्छ ।
No comments:
Post a Comment