Sunday, January 26, 2014

मधुमेह (चिनीरोग)


मधुमेह (चिनीरोग) के हो ?
- बिहान खाली पेटमा रगत जाँच्दा रगतमा चिनीको मात्रा १२६ मिलिग्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिलिग्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना बढेको मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दुई सय भन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ । १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । यो अवस्था पत्ता लगाउन रगत जाँच्नै पर्ने हुन्छ ।
रगतमा ग्लुकोजको मात्रा १८० मिलिग्राम भन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर डाइबिटिज पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । ८/१० घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०/१०० मिलिग्रामको बीचमा रहन्छ भने खाना खाएको २ घण्टामा जाँच्दा यो मात्रा करीब १४० मिलिग्रामसम्म पुग्न सक्छ ।

यो कति प्रकारको छ ??
- मधुमेहलाई हामी चार किसिममा गर्वीकरण गर्न सक्छौं :
१. टाइप एक मधुमेह
२. टाइप दुई मधुमेह
३. गर्भावस्थामा हुने मधुमेह (जेस्टेसनल डाइबिटिज)
४. सेकेन्ड्री’ मधुमेह

यसका लक्षणहरु के-के हुन् ??
- प्यास बढी लाग्ने
- पिसाब बढी हुने
- भोक बढी लाग्ने
- दुब्लाउने
- आँखाको दृष्टिमा खराबी
- घाउ निको नहुने
- हातखुट्टा झमझम गर्ने
- पिसाब फरेको ठाउँमा कमिला लाग्ने

यसका खतरनाक परिणामहरु के-के हुन् ??
- स्ट्रोक (पक्षघात)
- हर्ट अट्याक (हृदयाघात)
- किड्नी फेलियर (मिर्गौलाघात)
- अन्धोपन (दृष्टिघात)
- हातखुट्टाको कुनै भाग कुहिएर काट्नुपर्ने स्थिति (अङ्गघात)

सम्पर्क ::
सफल पोलिक्लिनिक प्र लि
बा न पा - २, बाग्लुङ
फोन : ०६८-५२२९२३,५२२९२४ 

 
 
 

No comments:

Post a Comment