Sunday, January 26, 2014

बढ्दै छ स्ट्रोकको जोखिम




basant 


डा.वसन्त पन्त,
बरिष्ठ न्यूरो सर्जन,

अन्नपूर्ण न्यूरो अस्पताल


स्ट्रोक (बे्रन एट्याक) मष्तिस्कमा रक्त प्रवाहमा अवरोध भएपछि उत्पन्न हुने समस्या हो । मष्तिस्कका कोसिकाहरूले पु¥याउने अक्सिजनका माध्यमले नै मष्तिस्कले काम गर्छ । रक्त प्रवाहमा अवरोध हुँदा त्यो प्रक्रिया पनि रोकिन्छ, दिमागका कोसिकाहरू मर्छन् र स्ट्रोक हुन्छ । स्ट्रोक हुँदा ५० प्रतिशत मानिसको मृत्यु तुरुन्तै हुन्छ भने ५० प्रतिशत अस्पताल आइपुग्छन् । अस्पताल आइपुगेका मध्ये ५० प्रतिशतलाई बचाउँन सकिन्छ । यो संख्या कूल बे्रन एट्याक हुने संख्याको २५ प्रतिशत हो । बाँच्न सफल हुनेमध्ये पनि ५० प्रतिशतको कुनै भाग वा पाटो प्यारालाइसिस (पक्षघात) हुन्छ । स्ट्रोक हाल आएर क्यान्सर र मुटुरोग पछिको मृत्युको तेस्रो ठूलो कारण बनेको छ ।



यो रोकथाम गर्न सकिने रोग हो । जीवनशैली स्वस्थकर बनाएमा पहिलो कारणबाट हुने र बल्डप्रेसरको औषधिमा लापरवाही नगरे सामान्यतः दोस्रो कारणबाट हुने स्ट्रोकबाट बच्न सकिन्छ । बल्डप्रेसरको औषधिमा हुने अनियमितताबाट हुने स्ट्रोकलाई विकसित मुलुकमा समस्या नै मानिदैन । तर हाम्रो जस्तो अल्पविकसित मुलुकमा यो एउटा ठूलो समस्या बन्दै गएको छ । ब्लडप्रेसर भएका ३० देखि ३५ प्रतिशतलाई स्ट्रोक हुनसक्छ ।



वेलायतमा मात्रै प्रत्येक वर्ष १ लाख ५० हजारलाई स्ट्रोक हुन्छ र तीमध्ये ५३ हजारको मृत्यु हुन्छ । उपचार सेवाको पहुँच र चेतनास्तर बढी भएको देशमा पनि मृत्युदर यति धेरै छ भने हाम्रो जस्तो उपचारको सुविधा निकै कम भएको ठाउँमा मृत्युदर बढी रहन्छ नै । यो जो कोहीलाई पनि हुनसक्छ । स्ट्रोक दोहोरिने संभावना पनि उत्तिकै हुन्छ । बे्रन स्ट्रोक दुई कारणले हुन्छ । मष्तिस्कमा रगतका माध्यामले अक्सिजन पु¥याउँदै आएका रगतका नशा बन्द भएर र रगतका नशा फुटेर  ।


नशा फुटेर हुने स्ट्रोक तुलनात्मक रूपमा बढी खतरापूर्ण हुन्छ । नशा फुटेर हुने स्ट्रोकको प्रमुख कारण ब्लड प्रेसरको औषधिमा गरिने लापरवाही हो । मानिस कुनै पनि समयमा सामान्य प्रेसर देखिने बित्तिकै कुनै मेडिकलमा जान्छ र तुरून्तै औषधि खान थाल्छ । औषधि खाइरहँदा प्रेसर नियन्त्रणमा आउँछ, त्यसपछि नियन्त्रण भइहाल्यो भनेर औषधि छोड्ने चलन धेरैको छ । प्रेसरको औषधि खान थाल्नु भएको छ भने जीवनभरकालागि खाने निर्णय गर्नु हो ।



यस्ता रोगमा औषधि शुरू गरेपछि छोड्न मिल्दैन । त्यसैले पनि प्रेसरको औषधि शुरू गर्नुपूर्व तीन चोटी एउटै डाक्टर, एउटै मेसिन र एउटै समयमा जाँच गर्नुपर्छ र साच्चिकै ब्लड प्रेसर उच्च छ भने सधैंका लागि औषधि सेवन गर्नुपर्ने हुन्छ ।


तीन पटकको जाँचमा पनि निरन्तर प्रेसर नघटेमा मात्रै औषधि थाल्न पर्छ । तर, नेपाल जस्ता अल्पविकसित मुलुकमा उच्च रक्तचापको औषधि आफ्नै पारामा खान थाल्ने र छोड्ने चलन बढी छ । जुन नशा फुटेर हुने स्ट्रोकको ठूलो कारण हो । प्रेसर बढेको अवस्थामा रगतका नशामा चाप बढ्छ । जब औषधि शुरू गरिन्छ, त्यतिबेला नशाहरूमा रगतको चाप कम हुन्छ र औषधि सेवनको वानीले नशामा रगतको चाप सहन गर्ने क्षमता घटाउँछ । भनौं, नशाहरू कमजोर हुन्छन् । रोगीले बीचैमा औषधि छोडेपछि फेरि प्रेसर बढ्न थाल्छ, रगतको चापले नशा फुटाउँछ र स्ट्रोक हुन्छ ।


धूमपान, मोटोपन, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल, मानसिक तनाव, बढी चिल्लो, नुनिलो र तारेको खानेकुराको प्रयोग, व्यायामको अभावजस्ता कारणले रगतको नशामा वोसो जमेपछि मष्तिस्कसम्म रक्तप्रवाहमा अवरोध हुन्छ । हृदयघात गराउने कारणहरू नै स्ट्रोकका कारण हुन् । हृदयघात र स्ट्रोकमा के  फरख छ भने हृदयाघातको समयमै अस्पताल पु¥याएर उपचार गर्न सकियो भने मानिसले पुरानै अवस्थाको जीवन बाँच्न सक्छ ।



तर स्ट्रोकमा शल्यक्रिया पछि पनि पुरानै अवस्थामा फर्किन सकिन्न र केही न केही खोट भएको जीवन विताउनु पर्ने हुन्छ । स्ट्रोकपछि शरीरको निश्चित पाटो कमजोर रहने संभावना रहिरहन्छ । स्ट्रोकले प्यारालाइसिसको संभावना समेत बढी हुन्छ । प्यारालाइसिस समाज, परिवार र व्यक्ति स्वयम्का लागि पनि ठूलो समस्या हो ।


स्ट्रोकको खास लक्षण नभएर एकैपटक यसले मानिसलाई आक्रमण गर्ने भएपनि केही आधारहरूमा यसको पूर्वानुमान लगाउन सकिन्छ । जस्तो कतिपय मानिसलाई केही समय एउटा आँखा देख्न छोड्छ र केही समयपछि फेरि देख्न थाल्छ । त्यसैगरी केही समयकालागि एउटा पाटो नचल्ने हुन्छ र क्रमश फेरि चल्न थाल्छ । केही समयसम्म यस्तो प्रक्रिया दोहोरिरहन्छ भने त्यो स्ट्रोकको स्पष्ट पूर्व संकेत हो ।

सामान्यतयाः कम्तिमा तीन मिनेटसम्म मस्तिष्कमा रगत सञ्चार भएन भने मानिसको पहिला मष्तिस्कको र क्रमशः अन्य अंगको मृत्यु हुन्छ । स्ट्रोक भएको अवस्थामा निश्चित नशा मात्रै थुनिने भएकोले त्यो नशाले रगत पु¥याएको क्षेत्र मात्रै प्यारालाइसिस हुन्छ । त्यसैले साढे तीन घण्टाभित्र अस्पताल पु¥याउन सकेमा ह्यामरेज भएको छैन भने नशालाई खोल्न सकिन्छ । त्यो खोल्ने विधि नै टिस्यु प्लाजमिनेज्म एक्टिभेटर (टिपिए) थेरापी हो । यो थेरापीबाट थुनिएको नशा खोलेर विरामीलाई बचाउन सकिन्छ । तर, ब्रेनमा रगत वगेको अवस्थामा यो थेरापीले काम गर्दैन । यो संसारको सबैभन्दा अत्याधुनिक पद्दती हो, हामी यो वर्षभित्र यस पद्दतिलाई शुरू गर्नेछांै ।





No comments:

Post a Comment